३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
१०० दिन कुर्नु पर्दैन सरकारलाई खबरदारी गर्न : प्रचण्ड
१०० दिन कुर्नु पर्दैन सरकारलाई खबरदारी गर्न : प्रचण्ड
  • न्युज डेस्क

१४ भदौ सुर्खेत । नेकपा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारले गलत तथा भ्रष्टाचारीलाई जोगाउने काम जारी राखे माओवादीले सदन र सडकबाट प्रतिवाद गर्ने बताउनु भएको छ । प्रदेश मरामर्श समितिको बैठकमा भाग सुर्खेत आइपुग्नु भएका ‘प्रचण्ड’ले विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यस्तो बताउनु भएको हो ।

केही दिनअघि सदनमा बोलेको कुरा उत्तेजना र आवेगमा नभई सबैलाई सरकारका गलत कामको भण्डारफोर गरिएको उहाको भनाई थियो । गलत कामको विरोध गर्नका लागि १०० दिन नै पर्खनुपर्छ भन्ने कतै नभएको उनले स्पष्ट पार्नु भयो ।सबै खालका परिवर्तन माओवादीकै एजेण्डा भएकाले यसलाई जोगाउने कुरा पनि माओवादीकै भूमिका बढी भएको उहाको भनाई थियो । माओवादी फुट्छ भन्ने हल्ला माओवादीको बैठकबाट खारेज भइसकेको समेत उहाको भनाई रहेको थियो ।

  • १४ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech