३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अध्यक्षमा जय शाह निर्वाचित
अन्तर्राष्ट्रिय क्रिकेट परिषदको अध्यक्षमा जय शाह निर्वाचित
  • न्युज डेस्क

१२ भदौ काठमान्डौ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद आइसिसी को अध्यक्षमा भारतका जय शाह निर्विरोध निर्वाचित हुनुभएको छ ।

अक्टोबर २०१९ देखि भारतीय क्रिकेट नियन्त्रण बोर्ड बीसीसीआई को सचिव र जनवरी २०२१ देखि एसियाली क्रिकेट काउन्सिलको अध्यक्षको जिम्मेवारी सम्हालेका शाहले डिसेम्बर १, २०२४ मा यो प्रतिष्ठित भूमिका ग्रहण गर्ने बताइएको छ ।वर्तमान अध्यक्ष ग्रेग बार्कलेले तेस्रो कार्यकालकस लागि उम्मेदवारी नदिने निर्णय गरेपछि अध्यक्ष पदका लागि शाह एकमात्र उम्मेदवार थिए।निर्वाचित भएपछि शाहले क्रिकेटको विश्वव्यापी पहुँच र लोकप्रियतालाई अगाडि बढाउने आफ्नो विश्वास व्यक्त गर्नुभयो ।

  • १२ भाद्र २०८१, बुधबार प्रकाशित
  • Nabintech