२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
१२ कक्षा को नतिजा सार्वजनिक
१२ कक्षा को नतिजा सार्वजनिक
  • न्युज डेस्क

१८ साउन काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको नतिजा अनुसार नियमिततर्फ ५२.९१ प्रतिशत विद्यार्थी उत्तीर्ण ग्रेडेड भएका छन् भने ४७.०९ प्रतिशत विद्यार्थी नन ग्रेडेड एनजीअनुत्तीर्ण भएका छन् ।

नियमिततर्फ परीक्षा ३ लाख ९० हजार ८६८ विद्यार्थी मध्ये दुई लाख तीन हजार ८४७ विद्यार्थी पास भएका छन् । यसैगरी ग्रेड वृद्धितर्फ २०७८ \ ७९ का २८.२६ प्रतिशत पास भएका छन् भने २०७६ \ ०७७ का ६२.०५ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

नतिजा सार्वजनिक गर्नुअघि बोर्डको बैठक बसेको थियो । बैठकले नतिजा वेबसाइटमार्फत सार्वजनिक गर्ने निर्णय गरेको हो ।गत वैशाख १४ गतेबाट सञ्चालित परीक्षामा कुल चार लाख ९१ हजार ४९७ विद्यार्थी सहभागी थिए । यो वर्ष पहिलो पटक स्वचालित छनोट प्रणालीको प्रयोग गरेर परीक्षा केन्द्र निर्धारण गरेको थियो ।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech