२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
जाजरकोटका ६५ जनालाई सुरक्षित स्थानमा सारियो
जाजरकोटका ६५ जनालाई सुरक्षित स्थानमा सारियो
  • न्युज डेस्क

१६ साउन जाजरकोट । लगातारको वर्षाका कारण पहिरोको उच्च जोखिम भएपछि जाजरकोटका १२ परिवारका ६५ जना सदस्यहरुलाई सुरक्षित स्थानमा सारिएको बताइएको छ ।

जाजरकोटको जुनीचाँदे गाउँपालिका–३ स्याँला गाउँका १२ घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जानकारी दिएको छ ।

अविरल वर्षाका कारण गाउँको माथिल्लो भिरलो भागबाट पहिरो खस्ने जोखिम बढेकाले परिवारलाई नै सारिएको जाजरकोटका प्रहरी प्रमुख डिएसपी पुरूषोत्तम प्रसाद पाण्डेले जानकारी दिनु भयो ।

 

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech