२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
१३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा चौरजहारीमा ३ जना पक्राउ
१३ वर्षिय बालिकालाई बलात्कार गरेको आरोपमा चौरजहारीमा ३ जना पक्राउ
  • न्युज डेस्क

रुकुम पश्चिम । बालिकालाई सामूहिक बलात्कार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । रुकुम पश्चिमको चौरजहारी नगरपालिका १ का २७ वर्षीय तिलकराज गिरी ‘ह्याप्पी’, ३७ वर्षका शिखर भण्डारी र २३ वर्षे रोमन गोसाइले १३ वर्षीया बालिकालाई हिजो साँझ सात बजेतिर चौरजहारीकै एक होटलमा लगेर बलात्कार गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरिक्षक बखतबहादुर शाहीले जानकारी दिए । उनका अनुसार ती बालिकाको बुबा आमा रोजगारको लागि भारतमा छन् । उनी भने आफन्तसँग बस्दै आएकी थिइन् ।

दुई तीन महिनाअघि एउटा मेलामा ती बालिका र पक्राउ परेका ह्याप्पीको चिनजान भएको प्रहरी अनुसन्धानबाट खुलेको छ । ‘ह्याप्पी भन्ने केटो र बालिका दुई तीन महिनाअघि एउटा मेलामा भेट भएका रहेछन्’, इन्सपेन्टर शाहीले बताउनु भयो ।

ह्याप्पीले ती बालिकालाई खाजा खान बोलाएका थिए । त्यसपछि रोमनले ‘राम्रो खाजा पाइने ठाउँमा जाउँ’ भन्दै होटलमा पुर्याएको प्रहरीले जनाएको छ । तीन जना युवाले बालिकालाई यौटा रुममा लगेको देखेपछि शंका मानेका होटल कर्मचारीबाट प्रहरीसम्म खबर पुगेको र उनीहरु समातिएको बुझिएको छ ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech