११ पुष २०८१, बिहीबार
११ पुष २०८१, बिहीबार
भारतको केरलामा बाढीपहिरो १२३ जनाको मृत्यु
भारतको केरलामा बाढीपहिरो १२३ जनाको मृत्यु
  • न्युज डेस्क

१६ साउन भारत । भारतको केरला प्रदेशस्थित वायनाड जिल्लामा भारी वर्षापछि आएको पहिरोमा परी मृत्यु हुनेको संख्या १२३ पुगेको छ । ९० जना हराइरहेका छन् । १३१ जना घाइतेको उपचार जारी छ ।यसअघि त्यहाँका मुख्यमन्त्री पिनरई विजयनले ९३ जनाको मृत्यु भएको जानकारी दिएका थिए । तर बीबीसी हिन्दीले मुख्यमन्त्री कार्यालयकै एक कर्मचारीलाई उद्धृत गर्दै मृतकको संख्या १२३ पुगेको लेखेको छ ।केरलाकी स्वास्थ्यमन्त्री विना जोर्जका अनुसार मंगलबार बिहान ३ बजेतिर यो घटना भएको हो । पहिरोमा परी कयौं घर, पसल र गाडीहरु पुरिएका थिए । कतिपय मानिसहरु वायनाड क्षेत्र भएर बग्ने चलियार नदीमा बगेका थिए ।केरलाका कृषि फर्महरुमा नेपालीहरुले पनि काम गर्दछन् । तर यो बाढीपहिरोमा नेपालीहरु परे नपरेको अझै स्पष्ट हुन सकेको छैन ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech