२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
गुडिरहेको ट्रकमा आफै आगो लागेपछि ……..
गुडिरहेको ट्रकमा आफै आगो लागेपछि ……..
  • न्युज डेस्क

१३ साउन दाङ । दाङमा गुडिरहेको ट्रकमा आगो लागेको छ ।पूर्व पश्चिम राजमार्ग अन्तर्गत दाङको लमहीमा गुडिरहेको ट्रकमा आगलागी भएको प्रहरीले पुष्टि
गरेको छ । महेन्द्रनगरबाट दाङको लमही जादै गरेको गरेको सुपप्र ०१ –००१ ख ३३३७ नम्बरको गुडिरहेको ट्रकमा आफैँ आगलागी भई जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले लमही नगरपालिका – ९ चाउखोला नजिकको जङ्गल यरिङ सर्ट भएर आगो लागेको भएको बताउनु भयो ।एसपी केसीले ट्रकमा चालकसहित तीन जना सवार रहेकोमा आगो निभाउन प्रयास गर्दा चालक कञ्चनपुर जिल्लाको कृष्णनगर नगरपालिका – २ का ३८ वर्षीय रमेशदत्त जोशी सामान्य घाइते भएको बताउनु भयो ।खाली ट्रक सिमेन्ट लिनको लागि लमही आउँदै थियो । घटनामा चालकको हातमा सामान्य जलन भएको छ । आगो लमही नगरपालिकाको दमकल र प्रहरीको सहयोगमा नियन्त्रणमा लिइएको थियो ।

  • १३ श्रावण २०८१, आईतवार प्रकाशित
  • Nabintech