२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
धनगढीको नोभा अस्पतालमा तोडफोड, दुई जना घाइते
धनगढीको नोभा अस्पतालमा तोडफोड, दुई जना घाइते
  • न्युज डेस्क

१२ साउन कैलाली । कञ्चनपुरको बेलौरीका १७ वर्षीय नसिब चौधरीको उपचारको क्रममा मृत्यु भएपछि कैलालीको धनगढीस्थित नोभा अस्पताल तनावग्रस्त भएको छ । चिकित्सकको लापरबाहीका कारण मृत्यु भएको भन्दै मृतकका आफन्तले अस्पतालमा तोडफोड गरेका छन् ।आक्रोशित आफन्तलाई रोक्ने क्रममा केही बेर प्रहरी र स्थानीयबीच झडपसमेत भएको छ ।

झडपमा परी मृतकका दुई जना आफन्त घाइते भएका छन् । मृतकका आफन्तले अस्पताल प्रशासन बाहिर नाराबाजी गर्दै प्रदर्शन गरेका थिए ।प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन दुई सेल अश्रुग्यास प्रहार गरेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी निरीक्षक गङ्गादत्त बडूले जानकारी दिए ।जन्डिसको समस्या लिएर साउन ७ मा नोभा हस्पिटल भर्ना भएका चौधरीको शुक्रबार दिउँसो नेपालगञ्ज लैजान एम्बुलेन्समा राख्ने क्रममा मृत्यु भएको थियो । अस्पतालले उपचारमा लापरबाही गरेका कारण उनको मृत्यु भएको भन्दै आफन्तले शव बुझ्न मानेका छैनन् ।

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech