२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
खोलाले बगाएर एकै घरका दुई किशोरीको मृत्यु
खोलाले बगाएर एकै घरका दुई किशोरीको मृत्यु
  • पश्चिम पत्र

 दैलेख । दैलेखमा पौडि खेल्ने क्रममा डुवेर एकै घरका दुई किशोरीको मृत्यु भएको छ ।

दैलेखको महाबु गाउँपालिका–३ बाँसीका १५ वर्षीया फुपू सपना बुढा र १३ वर्षीया भतिजी भावना बुढाको शुक्रबार ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक दिपक मगराठीले जानकारी दिनुभयो।

गाई–बाख्रा गोठाला गएका किशोरी छामघाटको कुण्टा रहमा पौडी खेल्दै गर्दा बगेका थिए। बगेको तीन किलोमिटर तल काफलखेत नजिक सपना र करिब सात किलोमिटर टाढा जडेपिपल नजिक भावनाको शव फेला परेको हो। मृतक दुबै जना मालिका मावि बाँसीको कक्षा ९ का विद्यार्थी हुन्।

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech