२२ भाद्र २०८१, शनिबार
२२ भाद्र २०८१, शनिबार
कसले कुट्यो बाँकेमा गुप्तचरलाई ?
कसले कुट्यो बाँकेमा गुप्तचरलाई ?
  • न्युज डेस्क

काठमाडौं। बाँकेमा राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको छ ।

बाँकेस्थित नेपाल–भारत सीमानाका जमुनाहास्थित चेकपोष्ट नजिक राष्ट्रिय अनुसन्धान विभाग गुप्तचरका सूचकमाथि आक्रमण भएको प्रहरीले जनाएको छ ।

सूचक अजुर्न खड्कामाथि नेपालगञ्ज उपमहानगरपालिका–४ स्थित कलपत्रु होटलमा सञ्चालिक क्यासिनो एसएन ब्लु गेमिङका कर्मचारीले आक्रमण गरेको आरोप लागेको छ ।

आक्रमणमा संलग्न भएको आरोपमा क्यासिनोका महाप्रबन्धक अर्जुन खनाललाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता तथा डीएसपी नारायण डाँगीले जानकारी दिनुभयो ।खनाल कुटपिटमा संलग्न नभएको भएता पनि उनकै समूहले कुटपिट गरेको पाइएपछि सोधपुछका लागि नियन्त्रणमा लिइएको बताउनु भयो ।

  • १० श्रावण २०८१, बिहीबार प्रकाशित
  • Nabintech