२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने, आयोगलाई ४५ दिनको समय
बिहीबार राष्ट्रिय झन्डा आधा झुकाइने, आयोगलाई ४५ दिनको समय
  • न्युज डेस्क

९ साउन काठमाडौं । सरकारले सौर्य एयरलाइन्सको विमान दुर्घटनाको शोकमा बिहीबार राष्ट्रिय झन्डा आधा झुकाउने निर्णय गरेको छ ।

बुधबार बसेको मन्त्रिपरिषद् बैठकले झन्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले जानकारी दिनु भयो । साथै
सरकारले विमान दुर्घटनाको जाँचबुझका लागि आयोग गठन गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल नागरिक उड्डयन प्राधिकरणका पूर्वमहानिर्देशक रतिशचन्द्रलाल सुमनको संयोजकत्वमा पाँच सदस्यीय दुर्घटना जाँच आयोग गठन गर्ने निर्णय गरेको हो ।

सदस्यहरूमा नेपाल वायुसेवा निगमका क्याप्टेन दिपुराज ज्वारचन, पुल्चोक क्याम्पसका प्राध्यापक डा। सुदीप भट्टराई, श्री एयरलाइन्सका कर्मचारी सञ्जय अधिकारी, नागरिक उड्डयन प्राधिकरणका एअर ट्राफिक कन्ट्रोल अफिसर मुकेश डंगोल रहेका छन् ।आयोगलाई ४५ दिनको समय दिइएको सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वीसुुब्बा गुरुङले जानकारी दिनु भयो । आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सौर्य एयरको विमान दुर्घटना हुँदा १८ जनाको ज्यान गएको थियो । उद्धार गरिएका विमानका पाइलट मनीशरत्न शाक्यको भने केएमसी हस्पिटलमा उपचार भइरहेको छ ।

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech