२३ भाद्र २०८१, आईतवार
२३ भाद्र २०८१, आईतवार
दुर्घटना भएको सौर्यको जहाजमा १९ यात्रु थिए, पोखरा जाँदै थियो
दुर्घटना भएको सौर्यको जहाजमा १९ यात्रु थिए, पोखरा जाँदै थियो
  • पश्चिम पत्र

काठमाण्डाै । दुर्घटनामा परेको सौर्य एयरलाइन्सको जहाजमा १९ जना यात्रु रहेको नेपाल उड्डयन प्राधिकरणले जनाएको छ।

सौर्यको ९ एन-एएमईरसीआरजे २०० कलसाइनको जहाज बुधबार बिहान ११:११ बजे दुर्घटनामा परेको नागरिक उड्डयन प्राधिकरणका सूचना अधिकारी ज्ञानेन्द्र भुलले जानकारी दिए।

जहाज रनवे ०२ तर्फबाट उडेको र पूर्वतर्फ रनवे २० नजिकै दुर्घटनामा परेको विमानस्थलले जनाएको छ।

जहाजमा रहेका क्याप्टेन ३७ वर्षीय मनीष शाक्यलाई उद्धार गरेर केएमसी अस्पतालमा लगिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता एसएसपी दिनेशराज मैनालीले जानकारी दिए।

जहाजबाट धुवाँ आएको देखिएपछि अग्निनियन्त्रक, प्रहरी र नेपाली सेना परिचालन गरिएको थियो।

जहाजमा क्याप्टेनसहित १९ जना रहेका थिए।

  • ९ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech