२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पहिरोले टहरा पुरिँदा चार जना भूकम्प पीडित घाइते, दुईको अबस्था गम्भीर
पहिरोले टहरा पुरिँदा चार जना भूकम्प पीडित घाइते, दुईको अबस्था गम्भीर
  • पश्चिम पत्र

जाजरकोट । जाजरकोटमा भूकम्प पीडितको अस्थायी टहरा पहिरोले पुरिँदा ४ जना घाइते भएका छन् ।

कुशे गाउँपालिका ८ दल्लेनाका दलसरी थापा र विष्णु थापाको अस्थायी टहरा पहिरोले पुरिँदा गम्भीर घाइते दुइ जना सहित ४ जनालाई नेपाली सेनाको हेलिकोप्टर मार्फत थप उपचारका लागि सुर्खेत लगिएको छ ।

जिल्ला प्रहरी कार्यालय जाजरकोटका प्रमुख डीएसपी पुरुसोत्तमप्रसाद पाण्डेका अनुसार विष्णु थापाकी श्रीमती २९ वर्षीया कमला थापाको र दलसरी थापाको छोरी ४ वर्षीया हस्तिका थापा को अवस्था गम्भिर छ । ३५ वर्षीया दलसरी थापा र उनकी १७ वर्षीया निरमाया थापाको खुट्टामा चोट लागेको र अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

गए राति पहिरोले टहरा पुरेलगत्तै प्रहरी चौकी पैंकबाट पुगेका सुरक्षाकर्मी र स्थानीयले घाइतेको उद्धार गरेको वडाध्यक्ष डिल्लीबहादुर सिंह बताउनुभयो ।

  • २ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech