२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पहिरोको उच्च जोखिममा रहेका १३ घरधुरीलाई सुरक्षित स्थानमा सारियो
पहिरोको उच्च जोखिममा रहेका १३ घरधुरीलाई सुरक्षित स्थानमा सारियो
  • paschimpatra

जाजरकोट । भूकम्पका कारण जोखिममा रहेका जाजरकोटको भेरी नगरपालिका ३ चंखेलीडाँडाको २ घरधुरी र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीलाई सुरक्षित स्थानमा सारिएको छ ।

गत कार्तिक १७ गते गएको भूकम्पले जमिन चर्किएर चिरा चिरा भएकोमा लगातारको वर्षाले पहिरोको उच्च जोखिममा परेका उक्त बस्तीका स्थानीयलाई स्थानीय तह, नेपाल रेडक्रस सोसाइटी शाखा जाजरकोटको समन्वयमा सुरक्षित स्थानमा सारिएको जिल्ला प्रहरी प्रमुख (डिएसपी) पुरुषोत्तम प्रसाद पाण्डेले बताउनु भयो । भेरी नगरपालिका ३ का २ घरधुरीका १० परिवारलाई त्रिभुवन माध्यमिक विद्यालयमा सारिएको र भेरी नगरपालिका १ च्याउ पानीका ११ घरधुरीका ४४ परिवारलाई सोही वडाको मैदेचौरमा सारिएको पाण्डेले बताउनु भयो ।

गत कार्तिक १७ गतेको भूकम्पले नलगाड नगरपालिकाका २१ वटा बस्ती पहिरोको उच्च जोखिममा परेका छन् । त्यसैगरि कुशे गाउँपालिकामा १८, शिवालय गाउँपालिकामा १, जुनीचाँदे गाउँपालिकामा ६, भेरी नगरपालिकामा ११, बारेकोट गाउँपालिकामा १० र छेडागाड नगरपालिकामा ७ वटा बस्ती पहिरोको उच्च जोखिममा रहेको जिल्ला विपत् व्यवस्थापन केन्द्र जाजरकोटले बताएको छ ।

गत कार्तिक १७ गते गएको भूकम्पमा परि जाजरकोटमा मात्रै १०१ जनाको मृत्यु भएको थियो ।

  • २६ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech