२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
पहिरोमा पुरिएर जाजरकोटमा एक बालकको मृत्यु
पहिरोमा पुरिएर जाजरकोटमा एक बालकको मृत्यु
  • न्युज डेस्क

जाजरकोट । पहिरोले पुरिएर जाजरकोटमा एक बालकको मृत्यु भएको छ ।

भेरी नगरपालिका–५ इबरका रमेश बिकका ५ वर्षीय छोरा प्रिन्स बिकको मृत्यु भएको हो ।

गए राति परेको बर्षातका कारण आएको पहिरोले घर पुर्दा ती बालकको मृत्यु भएको हो । पहिरोमा परी बुबा रमेश घाइते भएका छन् । उनको उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । ६ जनाको परिवार अरु सबै सकुशल छ्न् ।

 

  • १८ असार २०८१, सोमबार प्रकाशित
  • Nabintech