२० बैशाख २०८१, बिहीबार
२० बैशाख २०८१, बिहीबार
शिवालय गाउँपालिका बन्दैछ जलवायू उत्थानशील पालिका
शिवालय गाउँपालिका बन्दैछ जलवायू उत्थानशील पालिका
  • paschimpatra

जाजरकाेट । जाजरकोटको शिवालय गाउँपालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको छ । सहयोगी हातहरुको समुह (सहास नेपाल) अन्तर्गत पाइला परियोजनाको सहयोगमा पालिकालाई विपद् जलवायू उत्थानशील पालिका बनाईने भएको हो । विपदका दृष्टिकोणले संकटासन्न अवस्थामा रहेको शिवालय गाउँपालिकामा जलवायू परिवर्तन न्युनीकरणका लागि विभिन्न खालका कार्यक्रमहरु सञ्चालन भईरहेका छन् ।

जलवायु परिवर्तनका कारण हुने असरहरुका विषयमा गाउँपालिका बासीहरुलाई सचेत गराउँदै जलवायू अनुकुलनमैत्री सूचकहरु पुरा गरेपछि विपद् जलवायू उत्थानशील पालिका घोषणा गरिने गाउँपालिका प्रवक्ता दिपक खड्काले बताए । उनले भने, ‘सरकार प्रतिबद्ध छ, जनताले दुःख पाउनु हुँदैन, जलवायू परिवर्तन न्यूनीकरणका लागि पालिकाले छिट्टै कार्यविधी बनाएर अघि बढ्नेछ ।’

जलवायु परिवर्तनले पार्ने असर र यसबाट बच्न सक्ने प्रयासका विषयमा यहाँका नागरिकहरु जानकार भएका भए हरेक विपद् बाट ठूलो क्षति बेर्होनुपर्ने अवस्था आउने थिएन । त्यसैले अहिले स्थानीय सरकार सचेतपूर्ण ढंगले लागि परेको प्रवक्ता खड्काले बताए ।

यसैगरी पछिल्लो समयमा जलवायु परिवर्तनका कारण अनियमित रुपमा वर्षा हुनु, स्वास्थ्यमा समस्या देखिनु, कृषि बालिमा रोग लाग्नु, छिटोछिटो हिउँ पग्लनु, चैत्र बैशाखमा फुल्ने लालीगुँरास पुस माघमै फुल्नु, लामो समयसम्म पानी नपर्नुले जनजीवन कष्टकर भएको साहास नेपाल पाइला परियोजना संयोजक मनिक्षा आचार्यले बताइन् । उनले भनिन्, ‘भू–क्षय हुने र स्वच्छ खानेपानीको अभाव हुने समस्याहरु पनि शिवालयमा देखिएका छन् ।’

यसलाई न्यूनीकरण गर्दै कृषि अनुकुल प्रणालीको प्रयोग गर्ने, वैकल्पिक उर्जाको प्रयोग गर्ने, खेर गएको पानी संकलन र आकासे पानीको संकलन गरी त्यसलाई कृषिजन्य उत्पादनमा प्रयोग गर्ने र बनजंगलको संरक्षण गर्नुपर्ने विषयमा सरकार गम्भीर हुनुपर्ने सरोकारवालाहरुले बताएका छन् ।

अन्तरसंवाद कार्यक्रममा किशोरी रिता बुढाले जलवायू परिवर्तनका कारण बालवालिकाहरुमा पनि असर परेको बताइन् । यस्तो अवस्थामा पनि स्थानीय सरकार चुप लागेर बस्न नहुने भन्दै छिट्नै जलवायु उत्थानशिल पालिका बनाउन तर्फ लाग्न सरकारका प्रतिनिधिहरुसँग उनले माग गरिन् । अबका दिनमा विपदले निम्त्याउने हरेक जोखिमहरुसँग शिवालयवासीहरु सहज रुपमा जुध्नतर्फ जुट्नुपर्ने सरोकारवालाहरुको माग छ ।

गाउँमा परम्परागत चुलोलाई त्यागेर नयाँ आधुनिक चुलो वितरण गरिएको छ । पाईला परियोजनाले शिवालय गाउँपालिकामा वैकल्पिक उर्जा वितरण, पोखरी निर्माण, कृषक समुह, किशोरी समुह निर्माण गरी जलवायू परिवर्तनका बारेमा सचेतिकरणका कार्यक्रम समेत सञ्चालन गरेको परियोजनाका शिवालय प्रमुख हरी प्रसाद अधिकारीले जानकारी दिए ।

  • १८ चैत्र २०८०, आईतवार प्रकाशित
  • Nabintech