२१ बैशाख २०८१, शुक्रबार
२१ बैशाख २०८१, शुक्रबार
डिभिजन वन कार्यालय जाजरकाेटद्धारा २१ लाख २ हजार राजस्व संकलन
डिभिजन वन कार्यालय जाजरकाेटद्धारा २१ लाख २ हजार राजस्व संकलन
  • paschimpatra

जाजरकोट । डिभिजन वन कार्यालय जाजरकोटले २१ लाख भन्दा बढी राजस्व संकलन गरेको छ ।

आर्थिक बर्ष २०७९/०८० मा कार्यालयले २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरेको  हाे ।

जममध्ये रातो च्याउ संकलन बाट २९ हजार २ सय ५० रुपैंया, मह बाट १ लाख ४४ हजार, पाषणवेद बाट २ लाख ८० हजार, बोजो बाट ५ हजार ५ सय, सुगन्धवाला बाट ५ हजार १ सय २५ रुपैंया, कालीकाटको दाना बाट ३८ हजार ७ सय ५० रुपैंया, टुकीफुल बाट २१ हजार २ सय ५० रुपैंया, सेतकचिनी बाट १ लाख ९२ हजार ५ सय, तितेपाती बाट ३९ हजार २ सय,धुपीपात ७१ हजार, टिमुर बाट २ लाख ७५ हजार, बुकीफुल बाट

११ हजार ६ सय,अमलदेव-पदमचाल बाट २ लाख ६७ हजार, चुत्रो ५६ हजार ६ सय, अमला बाट १९ हजार ६ सय, काकरसिंगी बाट ८ हजार ८ सय, अल्लो बाट १ लाख ५६ हजार ३ सय ४५ रुपैंया, रिठा बाट ५ हजार २ सय ५० रुपैंया, कुरीलो बाट ६ हजार ५ सय, गुर्जो बाट १० हजार, पानी अमला बाट १ सय ५० रुपैंया, कालादाना बाट ६ हजार ३ सय, तेजपात बाट १ लाख ८ हजार, कुटकी बाट २ हजार, चिराइतो बाट ७ सय ५० रुपैंया, लोक्ता बाट ५० हजार, काउलो बाट २ लाख १६ हजार, सिस्नो बाट ८ सय, गुच्ची च्याउ बाट ५ हजार, विषफेज बाट २५ हजार गरि जम्मा २१ लाख २ हजार २ सय ७० रूपैयाँ राजस्व संकलन गरिएको डिभिजन वन कार्यालय जाजरकोटका सूचना अधिकारी ऋषभ देव खनालले बताए ।

  • १० श्रावण २०८०, बुधबार प्रकाशित
  • Nabintech