८ फाल्गुन २०८०, मंगलवार
८ फाल्गुन २०८०, मंगलवार
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
प्रतिनिधिसभाबाट नीति तथा कार्यक्रम पारित
  • paschimpatra

काठमाडौँ । नेपाल सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०।८१ को नीति तथा कार्यक्रम प्रतिनिधिसभाबाट पारित भएको छ ।

प्रतिनिधिसभाको शनिबार बसेको बैठकले नीति तथा कार्यक्रम बहुमतले पारित भएको हो । राष्ट्रपति रामचन्द्र पौडेलले यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्दै नीति कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

शनिबारको बैठकमा प्रधानमन्त्री दाहाल ‘प्रचण्ड’ले नीति कार्यक्रममाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिनुभएको थियो । प्रतिनिधिसभाको अर्को बैठक आज आइतबार (जेठ १४ गते) दिउँसो १ बजे बस्नेछ ।

  • १४ जेष्ठ २०८०, आईतवार प्रकाशित
  • Nabintech