१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुने
प्रधानमन्त्रीले आज विश्वासको मत लिनुहुने
  • paschimpatra

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज ९मङ्गलबार० प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिँदै हुनुहुन्छ ।

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्ड नेपालको संविधानको धारा ७६ को उपधारा २ बमोजिम यही पुस १० गते प्रधानमन्त्रीमा नियुक्त हुनुभएको हो । उहाँलाई नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र स्वतन्त्र तीन सांसदको समर्थन छ ।

प्रधानमन्त्री पदमा नियुक्त भएको ३० दिनभित्र प्रतिनिधि सभाबाट विश्वासको मत लिनुपर्ने प्रावधान छ । सोही प्रावधानअनुसार प्रधानमन्त्री प्रचण्डले आज प्रतिनिधि सभा बैठकबाट विश्वासको मत लिन लाग्नुभएको हो ।

२७५ सदस्यीय प्रतिनिधि सभाको विश्वास लिन प्रधानमन्त्रीलाई १३८ सांसदको समर्थन आवश्यक पर्छ ।

  • २६ पुष २०७९, मंगलवार प्रकाशित
  • Nabintech