१५ चैत्र २०८०, बिहीबार
१५ चैत्र २०८०, बिहीबार
जाजरकोट महोत्सवको ८५ प्रतिशत काम पूरा, ५ करोड कारोवारको लक्ष्य
जाजरकोट महोत्सवको ८५ प्रतिशत काम पूरा, ५ करोड कारोवारको लक्ष्य
  • paschimpatra

जाजरकोट । यही पौष ११ गते देखि शुरु हुने चौथो जाजरकोट महोत्सवको ८५ प्रतिशत काम पूरा भएको छ ।

आईतबार आयोजक उद्योग वाणिज्य संघ जाजरकोटले पत्रकार सम्मेलन गरी महोत्सवको ८५ प्रतिशत काम पूरा भएको जनाएको हो । ‘कर्णाली समृद्धिको आधार पर्यटनको विकास र पूर्वाधार’ भन्ने मुल नाराका साथ सञ्चालन हुन लागेको महोत्सवमा झण्डै ५ करोड बरावरको कारोवार हुने उद्योग वाणिज्य संघ जाजरकोटका अध्यक्ष रमेश केसीले बताए ।

‘कृषि, पर्यटन, कला, संस्कृति वातावरण तथा औद्योगिक मेलाको रुपमा यस महोत्सवलाई लिएका छौं, उनले भने,‘महोत्सवमा एक लाख दर्शक आउने अनुमान गरेका छौं, पाँच करोड जतिको कारोवार गर्ने लक्ष्य रहेको छ ।’ पाँच दिन सम्म त्रिभुवन माद्यामिक विद्यालयको प्रांगनमा सञ्चालन हुने महोत्सवमा अहिले सम्मकै सर्वाधिक राशिको पुरुष खुल्ला भलिवल रहेको छ ।

राष्ट्रिय स्तरका कलाकार, स्थानीय कलाकारको प्रस्तुती रहने महोत्सवमा जाजरकोटका सात वटा स्थानीय तहमा रहेका पौराणिक कला संस्कृतिको सम्म प्रर्दशन गरिने उद्योग वाणिज्य संघ जाजरकोटका सचिव सूर्य रोकायले जानकारी दिए । लोकदोहरी गायक कुलेन्द्र विश्वकर्मा, पूर्णकला विसी, रामजी खाँड, शान्ति श्री परियार, हिमाल सागर, राजु पौडेल, मरिचमान श्रेष्ठ, शक्ति चन्द, सुनितानी परियार, प्रकाश कटुवाल सहित दर्जनौं कलाकारहरुको प्रस्तुती रहनेछ ।

कार्यक्रमको उद्घोषक शोभा त्रिपाठीले गर्ने महासचिव मोहन खड्काले बताए । महोत्सवमा जाजरकोटको विकासका ठूलो टेवा पुग्ने विश्वास लिईरहेको छ ।

  • ४ पुष २०७९, सोमबार प्रकाशित
  • Nabintech