१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकाेट प्रतिनिधिसभा निर्वाचन : पहिले सहयोग, अहिले प्रतिस्पर्धी
जाजरकाेट प्रतिनिधिसभा निर्वाचन : पहिले सहयोग, अहिले प्रतिस्पर्धी

शक्तिलाइ कांग्रेसको भर

  • paschimpatra

जाजरकाेट । प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि  जाजरकोटबाट सत्तारुढ गठबन्धनले माओवादी केन्द्रका पूर्वमन्त्री शक्तिबहादुर बस्नेत र एमालेले युवा नेता निरज प्रसाद आचार्यलाई मैदानमा उतारेको छ ।

बस्नेत अघिल्लो निर्वाचनमा यसै निर्वाचन क्षेत्रबाट निर्वाचित भएका थिए । उनीसँगको प्रतिस्पर्धामा  आचार्य पहिलो पटक प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् ।

त्यसैगरी राप्रपा नेपालले दिपक खनाल, नेपाली कांग्रेस (बीपी) ले झलकनाथ वाग्ले, राष्ट्रिय स्वतन्त्र पार्टीले राजबहादुर शाही र स्वतन्त्र उम्मेदवार नरबहादुर कार्की चुनावी मैदानमा छन् ।

शक्ति बस्नेतसँग प्रतिस्पर्धा गरिरहेका आचार्यले २०७४ मा सहयोगी भूमिकामा थिए । एमाले र माओवादीको वाम तालमेल भएका कारण निरज, शक्तिलाई भोट माग्दै हिँडेका थिए र एमालेको बलमा बस्नेत सांसद चुनिएका थिए ।

स्वतन्त्र उम्मेदवारी दिएका नरबहादुरले पनि ०७४ मा बस्नेतलाई सघाएका थिए । त्यो बेला माओवादीले उनलाई प्रदेशसभाको टिकट दिने बचन पनि दियो, तर एमालेसँग तालमेल भए पछि उनले टिकट पाएनन् ।

यो पटक भने तिनैजना एक अर्कालाइ हराउन चुनावि मैदानमा उत्रिएका छन् । स्वतन्त्र उम्मेदवार नरबहादुरले प्रमुख दलका उम्मेदवारहरुलाई दबावमा राखेका छन् । उनले कांग्रेसका साथै एमालेको पनि भोट काट्ने देखिन्छ ।

यता शक्ति भने कांग्रेसको भरमा छन् । सत्ता गठबन्धनमा माओवादीसँगै कांग्रेसको पनि दाबी थियो । अघिल्लो चुनावमा शक्तिसँग प्रतिस्पर्धा गरेका राजिवविक्रम शाह कांग्रेसका सम्भावित उम्मेदवार थिए । तर माओवादी अध्यक्ष प्रचण्ड स्वयं लागेर शाहलाई प्रदेशमा झर्न सहमत गराएका छन् र जाजरकोटमा सत्ता गठबन्धनको साझा उम्मेदवार बन्न शक्ति बस्नेत सफल भएका छन् ।

स्थानीय निर्वाचनका आधारमा हेर्दा शक्ति सहज अवस्थामा छन्, तर अरुसँगै स्वतन्त्र उम्मेदवार नरबहादुरले पाउने भोटले प्रतिस्पर्धा कस्तो हुन्छ भन्ने निर्धारण गर्ने देखिन्छ ।

३० वैशाखको स्थानीय चुनावमा वडाध्यक्ष उम्मेदवारहरुले पाएको मतका आधार एमाले पहिलो दल बनेको छ ।

एमालेले २४ हजार ४ मत पाउँदा कांग्रेसको २२ हजार ३४२ र माओवादीको १८ हजार ६२२ मत छ । एकीकृत समाजवादीको २ हजार ३३४ मत देखिन्छ ।

  • २८ आश्विन २०७९, शुक्रबार प्रकाशित
  • Nabintech