१३ बैशाख २०८१, बिहीबार
१३ बैशाख २०८१, बिहीबार
जाजरकोटमा उमेदवार सिफारिसमा एमालेले छलकपट गरेको विद्यार्थी नेता योगीको आरोप
जाजरकोटमा उमेदवार सिफारिसमा एमालेले छलकपट गरेको विद्यार्थी नेता योगीको आरोप
  • paschimpatra

जाजरकोट । जाजरकोटमा प्रदेश सभा (क) बाहेक बाँकी प्रतिनिधि सभा र प्रदेश सभाको सिफारिसमा केन्द्रीयता लाधिएको र छलकपटपुर्ण तरिकाले सिफारिस गरेको एमाले निकट विद्यार्थी नेता लोकेन्द्र योगीले आरोप लगाएका छन ।

पार्टीले योग्य उम्मेदवारलाई टिकट दिनु पर्ने उनको भनाई छ । निर्णय न सच्याए युवा र विद्यार्थीले जस्तो सुकै मुल्य चुकाउन तयार रहने र पार्टीले हार ब्यहोर्नु पर्ने र यसको जिम्मा केन्द्रिय नेताले लिनु पर्छ भन्दै योगीले आक्रोश समेत पोखेका छन् ।

नेकपा एमाले जाजरकोटले प्रतिनिधि सभा र प्रदेश सभाको प्रत्यक्ष तर्फ र सामानुपातिकि तर्फको नाम सिफारिस गरेको छ । प्रतिनिधि सभा प्रत्यक्ष तर्फ निरज आचार्य, गोबिन्द बिक्रम शाह र कौसिला खत्री, त्यस्तै प्रदेश सभा प्रत्यक्ष (क) को उमेदवार सर्बसहमत डम्बर बहादुर सिंहलाई गरेको छ भने (ख) तर्फ करबिर शाही, खिम बहादुर शाही, कृष्ण कुमारी सिंहलाई सिफारिस गरेको छ ।

  • २२ भाद्र २०७९, बुधबार प्रकाशित
  • Nabintech