७ बैशाख २०८१, शुक्रबार
७ बैशाख २०८१, शुक्रबार
नेकपा एस लुम्बिनी प्रदेश आसन्न निर्वाचनमा होमियो
नेकपा एस लुम्बिनी प्रदेश आसन्न निर्वाचनमा होमियो
  • paschimpatra

कपिलवस्तु । आसन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गरी नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) लुम्बिनी प्रदेश कमिटिको चौंथो पूर्ण बैठक शुक्रबार कपिलवस्तुको शिवराज नगरपालिकास्थित खरेन्द्रपुरमा सम्पन्न भएको छ ।

बैठकले आसन्न निर्वाचनलाई लक्षित गरी लुम्बिनी प्रदेशका १२ वटा जिल्लाबाट सिफारिश भएका उम्मेदवारको नाम टुंगो लगाई चुनाव केन्द्रीत विभिन्न निर्णय गरेको छ ।

साथै बैठकले आगामी प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पार्टीका अधिकांश उम्मेदवारलाई टिकट वितरण गरी भावी निर्वाचन केन्द्रित रणनिति बनाएर अगाडी बढ्ने निर्णय गरेको छ ।

बैठकलाई सम्वोधन गदैं प्रमुख अतिथि नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० का प्रदेश इन्चार्ज भागवत विश्वासीले बर्तमान गठवन्धन दलहरु बीच नै आगामी प्रदेश र संघीय निर्वाचनमा तालमेल भए तालमेलबाटै यदी नभए एक्लै भए पनि निर्वाचनमा भाग लिन तयार हुँदै सोही अनुरुप जिल्लामा पार्टीका गतिविधि गर्न समेत निर्देशन दिनुभयो ।

लुम्बिनी प्रदेश अध्यक्ष सोम प्रसाद पाण्डेले जनताको बीचमा गएर काम गर्न पार्टी नेता तथा कार्यकर्तालाई निर्देशन दिनुभयो ।

जनताको बीचमा काम गरे मात्र पार्टीको शक्ति बढ्ने भन्दै कम्युनिष्ट आचार, व्यवहार परिवर्तन गर्नुपर्नेमा जोड दिनुभयो । कम्युनिष्ट अनुशासनको पर्यायवाची भएको भन्दै त्यस अनुरुप व्यवहार पनि बदल्न उहाँले आग्रह गर्नुभयो ।

बैठकमा १२ वटै जिल्लाका पार्टी जिल्ला अध्यक्षहरुले आ आफ्नो जिल्लाको सांगठानिक बस्तुस्थितिबारे रिर्पोटिङ गरेका थिए ।

प्रदेश कमिटी अध्यक्ष पाण्डेको अध्यक्षता, बृहस्पति सुवेदीको स्वागत, सचिव राजु गुरुङ्गको सन्चालनमा भएको बैठकले गत स्थानीय तह निर्वाचनमा गठवन्धन दलबाट भएका कमि कमजारीको समिक्षा गदैं त्यसबाट पाठ सिकेर आगामी निर्वाचनमा अगाडी बढ्न पार्टीका आम कार्यकर्तालाई आग्रह गरेको एकीकृत समाजवादी पार्टी प्रचार विभाग कपिलवस्तुले जनाएको छ ।

  • १७ भाद्र २०७९, शुक्रबार प्रकाशित
  • Nabintech