२५ कार्तिक २०८३, मंगलवार
२५ कार्तिक २०८३, मंगलवार
जुवाको खालबाट समातिए रास्वपा नेता
जुवाको खालबाट समातिए रास्वपा नेता
  • न्युज डेस्क

२४ कात्तिक सुर्खेत । सुर्खेतमा जुवा खालबाट राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका नेता पनि पक्राउ परेका छन । दैलेख क्षेत्र नम्बर १ का सभापति राजेश शर्मा कोइरालासहित ५५ जना जुवातास खेलिरहेको अवस्थामा सुर्खेतमा पक्राउ परेका छन्।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका अनुसार विभिन्न स्थानमा हारजित हुने गरी नगद रकम राखेर जुवातास खेलिरहेको अवस्थामा उनीहरूलाई पक्राउ गरिएको हो।पक्राउ परेका कोइराला र अन्य व्यक्तिहरूको साथबाट नेपाली तथा भारतीय रुपैयाँ गरी १२ लाख ५३ हजार ८४५ रुपैयाँ नगद र ५३ गड्डी तास बरामद गरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको प्रेस विज्ञप्तिअनुसार २०८३ साल कात्तिक २२ गते जुवातास खेलिरहेको भन्ने गोप्य सूचना प्राप्त भएपछि प्रहरीले विभिन्न स्थानमा छापा मारेको थियो।

  • २५ कार्तिक २०८३, मंगलवार प्रकाशित
  • Nabintech