
२३ कात्तिक सुर्खेत । सुर्खेतमा एकै रातमा ५५जना जुवाडे पक्राउ परेका छन्। ति जुवाडेहरुलाई जुवातास खेलिरहेको अवस्थामा पक्राउ गरिएको प्रहरीले जनाएको छ।
उनीहरूको साथबाट ११ लाख रुपैयाँभन्दा बढी नगद बरामद भएको प्रहरीले जनाएको छ।प्रहरीले रातभर जिल्लाका विभिन्न स्थानमा छापा मारेको थियो।एकै रात ठूलो संख्यामा मानिसहरू पक्राउ परेपछि हिरासत कक्षसमेत भरिएको प्रहरीले जनाएको छ।जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख एसपी ठाकुरप्रसाद पोखरेलका अनुसार ५२ जना प्रहरी परिचालन गरेर आधा दर्जन ठाउँमा अपरेसन चलाइएको थियो।कर्णाली प्रदेश प्रहरी कार्यालय, कर्णाली प्रदेश प्रहरी गण र जिल्ला प्रहरी कार्यालयबाट गरी ५२ जना प्रहरीको संयुक्त टोलीले उक्त घरमा छापा मारेको थियो।पक्राउ परेका सबैको विवरण संकलन भइरहेको र केही समयपछि सार्वजनिक गरिने प्रहरीले जनाएको छ।