
२३ कात्तिक काठमाडौं । इजिप्टको गिजा प्रान्तमा आइतबार दुई रेल आपसमा ठोक्किँदा कम्तीमा सातजनाको मृत्यु भएको छ । १०० भन्दा बढी घाइते भएका छन् ।राजधानी कायरो र दक्षिणी सहर अस्वानबीचको रेलमार्गमा एउटा रेलले अर्को रेललाई पछाडिबाट ठक्कर दिएको थियो । त्यसपछि एउटा रेल लिकबाट बाहिरिएको थियो । रेलका केही डिब्बा पल्टिएको इजिप्टका अधिकारीहरूले बताएका छन् ।
उक्त स्थान कायरोबाट करिब ५२ किलोमिटर दक्षिणमा पर्छ । उद्धारकर्मी र क्रेनको सहायताले रेलमार्गबाट दुर्घटनाग्रस्त डिब्बा हटाउने तथा गिजा प्रान्तको अल–अय्यात क्षेत्रमा रेल सेवा पुनः सञ्चालन गर्ने काम भइरहेको अधिकारीहरूले जनाएका छन् । दुर्घटनाको कारण भने तत्काल खुल्न सकेको छैन ।