कोहलपुर । स्थानीय तहको निर्वाचनको मिति नजिकिदै गर्दा यतिबेला राजनैतिक पार्टीहरु चुनावी समीकरण र उमेदवारको सिफारिसको लागि कसरत गरिहेका छन् ।
नेकपा एकीकृत समाजबादीले कोहलपुरको मेयरमा सर्वसम्मत, र उपमेयरमा २ जनाको नाम सिफारिस गरेको छ । कोहलपुर नगरपालिकाको मेयरको लागि नेकपा एकीकृत समाजबादीले अब्दुल हुसेन खाँलाई सर्वसम्मत सिफारिस गरेको छ ।
नेकपा एकीकृत समाजबादीले कोहलपुर नगरपालिकाको लागी उपमेयरमा भने २ जनाको नाम सिफारिस गरेको छ, जसमा नारायणी ओली र मन्जु कोइरालाको नाम सिफारिस गरिएको नेकपा एस बाँकेका सचीव दिपक जिएमले बताएका छन् ।