दीपककुमार शर्मा
३१ भदौं बर्दिया । देशका विभिन्न कारागारबाट भागेका सात जना कैदीबन्दी बर्दियामा पक्राउ परेका छन । जिल्ला प्रहरी कार्यलय बर्दियाका अनुसार सुन्धारा कारागार , नख्खु, कारागार , दाङ तुलसीपुर र दार्चुला कारागारबाट फरार भएका सात जना कैदीबन्दीलाई बर्दिया प्रहरीले पक्राउ गरेको हो ।कैलाली घोडाघोडी नगरपालिका–६ का ७३ वर्षीय कालु भनिने कालु दमई जबर्जस्ती मुद्दाका फरार अभियोगीलाई पक्राउ गरेको छ ।
उनी दाङ तुलसीपुर कारागारबाट फरार भएको जिल्ला प्रहरी कार्यालय, बर्दियाका सूचना अधिकारी एवम् डिएसपी चक्रडमर पालले जानकारी दिनु भयो । दार्चुला कारागारबाट फरार अन्दाजी ४१ वर्षका मानबहादुर विक पक्राउ परेका छन् ।उनी सुर्खेत मैनतारा गाउँपालिका–२ का विक मानव बेचबिखन मुद्दाका फरार कैदी पक्राउ परेका हुन्,‘बर्दिया बढैयाताल गाउँपालिका–७ पचासाका ४९ वर्षीय मनिराम दमई केन्द्रीय कारागार सुन्धारा कारागारबाट फरार कैदी पक्राउ परेका छन् । उनीमाथि हाडनाता करणीको अभियोग छ ।यसैगरी गेरुवा गाउँपालिका–४ खोनपुरका ४२ वर्षीय हरिमान भन्ने दर्नबहादुर क्षत्रीलाई उनको घरबाट प्रहरीले पक्राउ गरेको जनाएको छ ।कर्तव्य ज्यान मुद्दामा २० वर्ष सजाय भएको क्षेत्री आन्दोलनको क्रममा नख्खु कारागारबाट फरार भएका थिए ।
इलाका प्रहरी कार्यालय पाताभारका प्रहरी टोलीले पक्राउ गरेको छ । बर्दिया बारबर्दिया नगरपालिका–९ बनगाईका ५३ वर्षीय जबर्जस्ती करणी मुद्दाका फरार अभियोगी हरिराज उपाध्याय पक्राउ परेको प्रहरीले जनाएको छ ।यसैगरी बाँके नौवस्ता कारागारबाट फरार भएका दुई कैदीबन्दीलाई आइतबार राति सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको संयुक्त टोलीले पक्राउ गरेको छ ।बढैयाताल गाउँपालिका–१ शान्तिपुर मिलनचोकस्थित नेपाल भारत सीमा नजिकैबाट पक्राउ परेका बाँके कोहलपुर नपा–२ विकास नगरका २८ वर्षीय ध्रुवसिंह ठकुरी र सुर्खेत वीरेन्द्रनगर नपा–४ का २१ वर्षीय रोहन बस्याल रहेका छन । ठकुरी चोरी,डकैती र लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी हुन भने बस्याल लागुऔषध सम्बन्धी मुद्दाका अभियोगी हुन् ।