२७ भदौं काठमान्डौं । नयाँ नियुक्त हुने अन्तरिम सरकारका प्रधानमन्त्रीको कार्यकक्ष गृह मन्त्रालयको नयाँ भवनमा राख्ने तय भएको छ । मुख्यसचिव एकनारायण अर्यालसहित विभिन्न सचिवहरुले आज सिंहदरबारमा आगलागीबाट क्षति भएका भौतिक संरचनाको अवलोकनपछि तत्कालको लागि प्रधानमन्त्री कार्यालय गृह मन्त्रालयको नयाँ भवनमा राख्ने निर्णय गरेका हुन् ।मंगलबारको विध्वंशकारी आन्दोलनको क्रममा युवाहरुले आगो लगाउँदा सिंहदरबारको ८० प्रतिशत भौतिक संरचनामा क्षति पुगेको छ ।
प्रधानमन्त्री कार्यालयदेखि विभिन्न मन्त्रालयका भवनहरु आगोले ध्वस्त भएको पृष्ठभूमिमा राष्ट्रपति कार्यालय शीतल निवासले आज बिहान नयाँ प्रधानमन्त्रीको कार्यकक्ष तयार पार्न र स्वागतका लागि तयार रहन निर्देशन दिएको थियो ।लगत्तै मुख्यसचिव अर्यालको नेतृत्वमा विभिन्न मन्त्रालयका सचिवहरु सिंहदरबार पुगेर प्रधानमन्त्रीको कार्यालय खोजी गरेका हुन् । प्रधानमन्त्रीको कार्यालय राख्ने भनिएको गृहको नयाँ भवनमा फिनिसिङको केही काम बाँकी छ ।