२८ फाल्गुन २०८१, बुधबार
२८ फाल्गुन २०८१, बुधबार
स्ववियु निर्वाचन प्रभावित पार्न खोजिएको भन्दै अनेरास्ववियु र नेविसंघको आपत्ति
स्ववियु निर्वाचन प्रभावित पार्न खोजिएको भन्दै अनेरास्ववियु र नेविसंघको आपत्ति
  • paschimpatra

जाजरकोट । जनज्ञानकुञ्ज क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन प्रभावित पार्न खोजिएको भन्दै अनेरास्ववियु र नेविसंघले संयुक्त रूपमा आपत्ति जनाएका छन्। उनीहरूले आज (बुधबार ) एक संयुक्त विज्ञप्ति जारी गर्दै निष्पक्ष, स्वतन्त्र र लोकतान्त्रिक प्रक्रियामा व्यवधान पुर्‍याउने गतिविधिप्रति ध्यानाकर्षण गराएका छन्।

विज्ञप्तिमा केही संगठनले उमेदवार दर्ताको दिन हुलहुज्जत गरी निर्वाचन प्रक्रियालाई प्रभावित पार्ने प्रयास गरेको आरोप लगाइएको छ। साथै, त्रिभुवन विश्वविद्यालयको तालिका अनुसार तोकिएको समयमा नै निर्वाचन गराउन माग गरिएको छ।

“निर्वाचन प्रक्रिया रोक्ने वा प्रभावित पार्ने जुनसुकै गतिविधि भए हामी आन्दोलनमा जान बाध्य हुनेछौं,” विज्ञप्तिमा भनिएको छ, “त्यस्तो स्थितिमा उत्पन्न हुने जिम्मेवारी क्याम्पस प्रशासनले लिनुपर्छ।”

अनेरास्ववियुका तर्फबाट प्रकाशमान सिंह र नेविसंघका तर्फबाट अनिस कार्कीले हस्ताक्षर गरेको विज्ञप्तिलाई जिल्ला प्रशासन कार्यालय जाजरकोट र त्रिभुवन विश्वविद्यालय, काठमाडौंमा बोधार्थ पठाइएको छ।

त्रिभुवन विश्वविद्यालयले तोकेको तालिका अनुसार स्ववियु निर्वाचन मिति नजिकिँदै गर्दा विद्यार्थी संगठनहरूबीचको प्रतिस्पर्धा तीव्र बन्दै गएको छ। निर्वाचन प्रक्रिया प्रभावित पार्ने कुनै पनि गतिविधि भए क्याम्पसमा अशान्ति सिर्जना हुन सक्ने विद्यार्थी नेताहरूले बताएका छन्।

  • २८ फाल्गुन २०८१, बुधबार प्रकाशित
  • Nabintech