१७ कार्तिक २०८२, आईतवार
१७ कार्तिक २०८२, आईतवार
रेशम चौधरीलाई माओवादीमा आउन प्रचण्डको आग्रह
रेशम चौधरीलाई माओवादीमा आउन प्रचण्डको आग्रह
  • न्युज डेस्क

२० फागुन कैलाली । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रेशम चौधरीलाई माओवादी पार्टिमा आउन आग्रह गर्नु भएको छ ।कैलालीको टीकापुरमा आजदेखि सुरु भएको थारु राष्ट्रिय मुक्ति मोर्चा नेपालको चौथो राष्ट्रिय सम्मेलनको उद्घाटन गर्दै उहाले यस्तो आग्रह गर्नु भएको हो ।‘जनताको बलिदानीपूर्ण आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्र प्राप्त भएको छ, यसले उत्पीडित समुदाय र क्षेत्रका अधिकार सुनिश्चित गरेको हुँदा रेशम चौधरी जस्तो व्यक्तिलाई कारागारमा राखेर समस्याको समाधान नहुने भएको हुँदा  आफु प्रधानमन्त्री भएको बेला रिहा गर्ने निर्णयमा पुगी सकेको समेत बताउनु भयो ।

दाहालले थारू समुदायकै मुक्तिका लागि फरक शक्ति आवश्यक नपर्ने पनि उल्लेख गर्र्दै रेशम चौधरी नेतृत्वको नागरिक उन्मुक्ति पार्टीलाई पनि माओवादीमा समाहित हुन आग्रह गर्नु भएको हो ।

  • २० फाल्गुन २०८१, मंगलवार प्रकाशित
  • Nabintech