जाजरकोट । नेपाल निजामती कर्मचारी युनियन जाजरकाेटकाे अध्यक्षमा भाेला खत्री सर्वसम्मत चयन भएका छन् । नेपाली काँग्रेस निकट नेपाल निजामती कर्मचारी युनियन जाजरकाेटको अध्यक्षमा खत्री सर्वसम्मत चयन भएका हुन् ।
शनिबार जिल्ला समन्वय समितिकाे सभा हलमा सञ्चालन भएको नवौँ जिल्ला अधिवेशनबाट खत्रीको अध्यक्षतामा १९ सदस्यीय जिल्ला कार्यसमिति सर्वसम्मत चयन भएको हो ।
समितिको उपाध्यक्ष क्रमश मान बहादुर बस्नेत, निमराज बुढा,मिरा शाही , सचिवमा कृति बहादुर वि.क , सहसचिव लक्ष्मी नारायण धिताल , कोषाध्यक्ष भिम जंग के.सी. रहेका छन ।
सदस्यहरूमा हरि बहादुर शाही, प्रदिप रावल, निराजन शर्मा, रुद्र बहादुर शाही, हरि बहादुर वली, टीका थापा, उर्मिला शाह, प्रकाश बहादुर शाही, वीर बहादुर के.सी., मान बहादुर थापा, मान बहादुर बुढा, हरि बहादुर रोकाय सर्वसम्मत निर्वाचित भएकाे निर्वाचन समितिका संयोजक राजेन्द्र कार्कीले बताए ।
केन्द्रीय प्रतिनिधीमा कृष्ण बहादुर खत्री, नरदल बुढा, कर्ण बहादुर रोकाय, गणेश बहादुर थापा, सरस्वती वस्नेत थापा, प्रदेश प्रतिनिधीमा खिम बहादुर चन्द, जगदिश न्यौपाने, राज कुमार सिहं, नरेन्द्र कठायत, गंगा कुमारी रेग्मी रहेका छन ।
नेपाल निजामती कर्मचारी युनियन जाजरकाेटकाे अध्यक्षमा चयन भएका खत्रीले आम कर्मचारीको हकहितका क्षेत्रमा काम गर्ने प्रण गरेका छन । नेपाल निजामती कर्मचारी युनियन जाजरकाेटका अध्यक्ष कृष्ण बहादुर खत्रीको अध्यक्षतामा भएको कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्रालयका पुर्व मन्त्री वेदराज सिंहको प्रमुख आतिथ्यता सम्पन्न भएकाे थियाे ।
कार्यक्रममा निजामती कर्मचारी, काँग्रेस जिल्लाका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो भने सर्वसम्मत चयनका लागि केन्द्रय सदस्य एव अध्यक्ष मण्डलका संयाेजक खिम थापा, केन्द्रय सदस्यहरु धन बहादुर विक र सुधा हमालकाे महत्वपूर्ण भुमिका रहेकाे थियाे ।