२६ पुस काठमान्डौ । रवि लामिछानेलाई धरौटिमा रिहा आदेश गर्ने न्यायाधिश विरुद्ध उजुरी परेको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपा सभापति रवि लामिछानेलाई धरौटीमा रिहाको आदेश दिने कास्की जिल्ला अदालतका न्यायाधीश नीतिज राईविरुद्ध उजुरी परेको बताइएको छ ।
युवराज सफलले सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण मुद्दामा रास्वपा सभापति लामिछानेलाई धरौटीमा छाडेको भन्दै न्यायाधीशविरुद्ध न्यायपरिषद्मा उजुरी दिएका हुन्।रविलाई थुनामा पठाउने प्रशस्त सबुत प्रमाण र तथ्य हुँदाहुँदै जिल्ला अदालतका कास्कीका न्यायाधीश नीतिज राईले ६५ लाख धरौटी लिएर तारेखमा रिहा गरेको भन्दै आदेशविरुद्ध उजुरी दिएका हुन्।