१९ मंसिर २०८१, बुधबार
१९ मंसिर २०८१, बुधबार
जाजरकोटमा मतदान शुरू
जाजरकोटमा मतदान शुरू
  • paschimpatra

जाजरकोट । नलगाड नगरपालिकाकाे उप प्रमुख र कुशे गाउँ पालिका वडा नं ७ काे वडा अध्यक्ष पदका लागि जाजरकोटमा मतदान सुरु भएको छ ।

बिहान ७ बजेदेखि सुरु भएको मतदान साँझ ५ बजेसम्म चल्ने मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ निर्वाचनका लागि सुरक्षा व्यवस्था कडा पारिएको छ ।

२०८० कार्तिक १७ गतेकाे भुकम्प बाट नलगाड नगरपालिकाकाे उप प्रमुख सरिता सिंहकाे मृत्यु भएपछि  उपनिर्वाचन गराउन लागिएको हो ।

यसैगरी कुशे गाँउपालिका वडा नं ७ बाट निर्वाचित वडा अध्यक्षको पनि मृत्यु भएपछि  त्यहाँ पनि उपनिर्वाचन गरिएको हो ।

नलगाडको उप प्रमुखका लागि नेपाली काङ्ग्रेसबाट इन्द्रा चन्द सिंह,  एमालेबाट सुनिता बोहरा, नेकपा माओवादी केन्द्रबाट देवका लामिछाने, नेसपाबाट पवित्रा जैसी, राष्ट्रिय स्वतन्त्रबाट पार्वती पुन र राप्रपा नेपालबाट सुनिता पुन   लगायत ६ उम्मेदवार छन् । कुशे गाँउपालिका वडा नं ७ काे वडा अध्यक्ष पदका लागि  ४ जनाकाे उम्मेदवारी परेको छ ।

  • १६ मंसिर २०८१, आईतवार प्रकाशित
  • Nabintech