६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
क्लिन चिट फ्लप अब ‘ प्रतिशोध ’ नामक नयाँ नाटक सुपरफ्लप हुने : थापा
क्लिन चिट फ्लप अब ‘ प्रतिशोध ’ नामक नयाँ नाटक सुपरफ्लप हुने : थापा
  • न्युज डेस्क

३ कात्तिक काठमाडौं । नेकपा एमालेका सांसद सूर्य थापाले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपालाई लक्षित गर्दै टिप्पणी गरेका छन् । शनिबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै उनले कलाविहीन नयाँ नाटक मन्चन भएको र त्यो सुपरफ्लप हुने बताएका हुन् ।थापाले सामाजिक सञ्जालमा लेखेका छन् ‘क्लिन चिट र सफाइ’ चलचित्र केही दिनमै सर्वत्र फ्लप भएलगत्तै कलाविहीन नयाँ नाटक मन्चन भइरहेछ–‘प्रतिशोध सुपरफ्लप हुने बाटो– प्रतिक्षा गरौँ ।

थापा सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिका सभापति थिए । सहकारी ठगी प्रकरणमा शुक्रबार रास्वपा सभापति रवि लामिछाने पक्राउ परेका छन् । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको समितिले प्रतिवेदन दिएको थियो । सोही सम्बन्धमा अनुसन्धानका लागि पोखरा लगिएको छ ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित
  • Nabintech