६ कार्तिक २०८१, मंगलवार
६ कार्तिक २०८१, मंगलवार
रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
रवि लामिछाने कास्की प्रहरीको हिरासतमा
  • न्युज डेस्क

३ कात्तिक कास्की । सहकारी ठगी र संगठित अपराधमा अनुसन्धानका लागि पक्राउ गरिएका पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ स प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा लगेको थियो ।

लामिछानेलाई सिधै पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगेर स्वास्थ्य परीक्षण गरी जिल्ला प्रहरी कार्यालय कास्की पुर्‍याइएको थियो । लामिछानेलाई राति करिब २ वजेर ४५ मिनेटमा हिरासतमा राखिएको हो ।लामिछानेलाई त्यहाँ पुर्‍याउँदा कास्की प्रहरी कार्यालयको अघि रास्वपाका उपाध्यक्ष स्वर्णिम वाग्ले र केही कार्यकर्ताहरू उपस्थित थिए । अर्का उपाध्यक्ष डीपी अर्याल र पत्नी निकिता पौडेलचाहिँ लामिछानेसँग स्थलमार्गबाट गएका थिए । कास्की प्रहरीले जिम्मा लिएपछि हिरासतमा पुगेर वाग्ले, अर्याल र पौडेलले लामिछानेलाई भेटेका थिए । लामिछानेमाथि सूर्यदर्शन लगायतका सहकारी ठगीको आरोप छ । उनलाई संसदीय छानबिन विशेष समितिले समेत सहकारी बचत अपचलन गरेको निष्कर्ष निकाल्दै अनुसन्धान गर्न सिफारिस गरेको थियो ।

  • ३ कार्तिक २०८१, शनिबार प्रकाशित
  • Nabintech