२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी
  • न्युज डेस्क

२ कात्तिक काठमाडौं । कास्की जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति एवं तत्कालीन गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

जिल्ला अदालतका न्यायाधीश कृष्णजंग शाहको इजलासले लामिछानेविरुद्ध शुक्रबार पक्राउ पुर्जी जारी गरेको हो । पोखराको सूर्यदर्शन सहकारी ठगीमा उनको संलग्नता देखिएको सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले प्रतिवेदन दिएको थियो ।सोही प्रतिवेदनका आधारमा अनुसन्धान गर्न प्रहरीले उनीविरुद्ध पक्राउ अनुमति मागेको हो । कास्की जिल्ला अदालतबाट उनलाई पक्राउ गर्न प्रहरीले पक्राउ पुर्जी लिएको हो । सहकारी हिनामिना प्रकरणमा मुछिएका उनलाई पक्राउ गर्न अदालतबाट प्रहरीले पुर्जी लिएको हो ।यसअघि सोही प्रकरणमा लामिछानेका पूर्वसाझेदार तथा पूर्वडीआईजी छविलाल जोशी पक्राउ परिसकेका छन् । उनैको बयानका आधारमा लामिछानेलाई पक्राउ गर्न लागिएको हो ।

  • २ कार्तिक २०८१, शुक्रबार प्रकाशित
  • Nabintech