दीपक शर्मा
२८ असोज बर्दिया । भारतिय वन रक्षकको गोली प्रहार बाट बर्दियामा एक गम्भिर घाइते भएका छन ।गुलरिया नगरपालिका – ८ का ४० वर्षीय बलराम लोधमाथि आफनै खेतमा काम गरिरहेका बेला भारतिय वन रक्षकले गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रवक्ता डिएसपी ऋषिराम घर्ती मगरकाअनुसार घाइते लोधले आफू खेतमा काम गरिरहेको समयमा भारतीय वन रक्षक फरेष्टरले गोली हानेको बताउनु भयो । उहाका अनुसार यस विषयमा भारतीय सुरक्षाकर्मि संग समन्वय गरी घटनाको अनुसन्धान भैरहेको बताउनु भयो ।
ढाडमा गोलीका छर्रा लागेर घाइते भएका लोधको जिल्ला अस्पतालमा प्रारम्भिक उपचार पछि थप उपचारका लागी नेपालगञ्ज लगिएको प्रहरीले जनाएको छ । उनका आफन्तले आइतबार बेलुका ७ बजेतिर उपचारका लागि गुलरिया अस्पताल लगिएपको थियो ।