१९ असोज काठमाडौं । सीमा नाकामा तस्करी रोक्ने प्रमुख जिम्मेवारी पाएका सशस्त्र प्रहरी आफैं तस्करीमा लागेछि कारबाहीमा परेका छन् ।
विभिन्न किसिमको सामान भन्सार नतिरी ल्याउन खोज्ने सशस्त्र प्रहरी बल नेपालका तीन जना कर्मचारीमाथि संगठनले कारबाही अघि बढाएको हो ।अफिस प्रयोजनको लागि भन्दै निजि गाडीमा विभिन्न किसिमको लत्ताकपडा भन्सार नतिरी ल्याउन खोजेको अवस्थामा मद्धती सेवा गुल्म कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायव निरीक्षक अमर विष्ट, सशस्त्र प्रहरी हवल्दार मोहन भट्ट र सशस्त्र प्रहरी सहायक हवल्दार राम बहादुर कुवरलाई नं ७ बैद्यनाथ बाहिनी मुख्यालय कैलालीले विभागीय कारवाही अगाडि बढाएको हो ।त्रिनगर भन्सार कार्यालयको एरियामा भारतबाट सामान ल्याएको भन्ने तथ्य खुलेपछि उनीहरुलाई नं ३४ गण कैलालीले नियन्त्रणमा लिएको थियो ।