३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
दुई जना घाइतेको उपचारको क्रममा मृत्यु
दुई जना घाइतेको उपचारको क्रममा मृत्यु
  • न्युज डेस्क

१ असोज सल्यान । सल्यानमा यात्रुवाहक बोलेरो जिप दुर्घटना हुँदा घाइते भएकामध्ये दुई जनाको मृत्यु भएको छ।

त्रिवेणी गाउँपालिका–४ फालावाङका ५५ वर्षीय टोपबहादुर साहु र सोही ठाउँकी ५२ वर्षीया लाली रावतको उपचारका क्रममा मृत्यु भएको हो।जिल्ला प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशम खत्रीका अनुसार साहुको जिल्ला अस्पताल सल्यान खलंगामा राति दश बजे र रावतको दाङ घोराहीस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका क्रममा मृत्यु भएको हो।

सोमबार बेलुकी करिब ७ बजेतिर भित्री सडक खण्ड अन्तर्गत त्रिवेणी गाउँपालिका–४ फलाबाङबाट लुहाम बजार जाँदै गरेको रा १ च १०४३ नम्बरको यात्रुवाहक बोलेरो जिप अनियन्त्रित भई दुर्घटनामा परेको थियो।जिप दुर्घटनामा परी त्रिवेणी गाउँपालिका–४ की ४० बर्षीया पूर्णकला बस्नेत, सोही ठाउँका २९ वर्षीय रबिन्स महतरा र जिपका चालक त्रिबेणी – ३ छत्रपालका २८ बर्षीय चालक कमल रेउले घाइते भएका छन्। सबै घाइतेहरूका दाङमा उपचार जारी छ।

  • १ आश्विन २०८१, मंगलवार प्रकाशित
  • Nabintech