१० पुष २०८१, बुधबार
१० पुष २०८१, बुधबार
नलगाडमा सरुवा भएर आएका हाकिमलाई हाजिरी नगराउँदा विवाद
नलगाडमा सरुवा भएर आएका हाकिमलाई हाजिरी नगराउँदा विवाद
  • paschimpatra

DCIM100MEDIADJI_0105.JPG

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिकामा साउन २७ गते सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरुवा गरी आएका प्रमुख प्रशासकीय अधिकृत गोपाल शाहीलाई हाजिरी नगराउँदा समस्या उत्पन्न भएको छ । मन्त्रालयले नलगाडमा कार्यरत प्रमुख प्रशासकीय अधिकृत (शाखा अधिकृत) दिनेश भट्टराईलाई सरुवा गरेर सो ठाउँमा शाहीलाई सरुवा गरेपनि भट्टराईलाई नै प्रमुख प्रशासकीय अधिकृत चाहियो भन्दै नगरप्रमुख डम्बर रावतले मन्त्रालयलाई पत्र लेखेका छन् ।

भट्टराई एक वर्षदेखि नलगाडमा कार्यरत रहँदै आएका छन् । शाही नलगाडबासी नै हुन् । जिल्ला प्रशासन कार्यालय, जाजरकोट, भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्रालय सुर्खेत लगायत अन्य ठाउँमा बसेर ७ वर्ष भन्दा बढी निजामती सेवामा अनुभव बटुलेका शाहीलाई नलगाड नगरप्रमुख रावतले हाजिरी नगर्ने भन्दै मन्त्रालयमा पत्र लेखेका हुन् ।

जुम्लाको गुठीचौर गाउँपालिकाका पहिलो पटक प्रमुख प्रशासकीय अधिकृत भएर गएका भट्टराई दुई महिना टिक्न नसकी मन्त्रालयमा तानिएका थिए । नलगाड नगरपालिकामा आएदेखि विवादमा पर्दै आएका भट्टराई सेवाग्राहीलाई दुख दिने, कर्मचारी भित्र विवाद ल्याउने देखि व्यक्तिगत रिसिभी साट्ने सम्मका कामहरू गर्दै आएको शिक्षा शाखाका बलवीर विकले बताए ।

भट्टराई भन्दा विक भन्दा सिनियर शाखा अधिकृत हुन् । शाहीलाई नगरप्रमुख रावतले भदौ ३ गते सुर्खेतको छिन्चुमा भेटेर छिटो रमाना लिएर आउन र हाल रहेका प्रमुख प्रशासकीय अधिकृत भट्टराईलाई आफू नलगाड गएर बिदाइ गर्छु भन्दै आएका नगरप्रमुखले अन्तिममा आएर हाजिरी गर्न नसकिने भन्दै मन्त्रालयमा पत्र पठाएको सार्वजनिक भएको छ ।

हरेक सार्वजनिक कुरा गुपचुप हुँदै आएको नलगाडमा अहिले भारी मात्रामा विवाद बढेको नेपाली काँग्रेस जाजरकोटका युवा नेता छवि पन्तले बताए । नेकपा माओवादी केन्द्रबाट निर्वाचित नगरप्रमुख रावतप्रति उनकै दलसमेत सन्तुष्ट नरहेको पाइएको छ ।

  • ७ भाद्र २०८१, शुक्रबार प्रकाशित
  • Nabintech