१२ पुष २०८१, शुक्रबार
१२ पुष २०८१, शुक्रबार
सौर्यका क्याप्टेन शाक्य डिस्चार्ज
सौर्यका क्याप्टेन शाक्य डिस्चार्ज
  • न्युज डेस्क

१८ साउन काठमान्डौ । सौर्य एयरलाइन्स जहाज दुर्घटनामा घाइते भएका क्याप्टेन मनीषरत्न शाक्यलाई अस्पतालले डिस्चार्ज गरेको छ ।

बुधबार राति ९ बजेतिर शाक्य डिस्चार्ज भएको अस्पतालकी निर्देशक प्रा डा मीना थापाले जानकारी दिइन्।साउन ९ गते बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पोखराका लागि उडेको सौर्य एयरलाइन्सको जहाज दुर्घटनामा परेको थियो।

जहाजमा १९ जना सवार थिए। जसमध्ये १८ जनाको मृत्यु भएको थियो। दुर्घटनामा क्याप्टेन शाक्यको भने ज्यान जोगिएको थियो। सेना र प्रहरीले मिलेर उनलाई उपचारका लागि काठमाडौं मेडिकल कलेज सिनामंगल पुर्‍याएका थिए।त्यहाँ सघन उपचार कक्ष आइसियूमा राखेर उनको उपचार भएको थियो। दुई दिनपछि स्वास्थ्य सुधारउन्मुख देखिएपछि उनलाई क्याबिनमा सारिएको थियो।

  • १८ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech