२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
लागुऔषध सहित बर्दियामा २ जना पक्राउ
लागुऔषध सहित बर्दियामा २ जना पक्राउ
  • न्युज डेस्क

१६ साउन,बर्दिया । बर्दियामा प्रहरीले २ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा, जिल्ला बर्दिया बाँसगढी नगरपालिका वडा नं ६ बस्ने बर्ष अन्दाजी ३५ को शिवलाल सुनार र दमौली बस्ने बर्ष अन्दाजी २० को मनिष शाह रहेको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उनिहरुको साथ बाट लागु औषध समेत फेला परेको छ ।

बढैयाताल गाउँपालिका वडा नं ३ भोलागौडी चोक एरियामा गस्ती गर्दै जाने क्रममा डाँफे बाट सौरहवा आउँदै गरेको भे ६ प ७०५ नम्बरको मोटरसाइकलमा सवार दुवैजनालाई शंकामानी चेक जाँच गर्ने क्रममा मनिष शाहको साथबाट ४१० मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी पक्राउ गरिएको प्रहरीले जनाएको छ।

  • १६ श्रावण २०८१, बुधबार प्रकाशित
  • Nabintech