२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २८ जना घाइते
स्कुल बस दुर्घटनामा आमा र छोराको मृत्यु, २८ जना घाइते
  • न्युज डेस्क

१४ साउन, पोखरा । पोखरामा भएको स्कुल बस दुर्घटनामा परी आमाछोराको मृत्यु भएको छ । मृत्यु हुनेमा एलपी देवकोटा मेमोरियल विद्यालयकी कार्यालय सहयोगी ३३ वर्षीया आरती विक र उनका अन्दाजी ५ वर्षीय छोरा प्रिन्स विक छन् ।

दुर्घटनामा परेर गम्भीर घाइते भएका प्रिन्सको गण्डकी मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो । दुर्घटनामा परेर २८ जना घाइते भएका छन् ।आज बिहान पोखरा २१ कृस्तीमा एलपी देवकोटा मेमोरियल विद्यालयको ग १ क ६२१९ नं। को स्कुल बस विद्यार्थीसहित दुर्घटनामा परेको थियो । चालकले नियन्त्रण गुमाई सडकबाट अन्दाजी ५० मिटर तल खसेको प्रहरीको भनाइ छ ।

  • १४ श्रावण २०८१, सोमबार प्रकाशित
  • Nabintech