२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
अबरुद्ध मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा वैकल्पिक सडक निर्माण गरी सुचारु
अबरुद्ध मध्यपहाडी लोकमार्ग रुकुमपूर्व खण्डमा वैकल्पिक सडक निर्माण गरी सुचारु
  • पश्चिम पत्र

जाजरकाेट । बुधबार साँझदेखि अबरुद्ध भएको मध्यपहाडी लोकमार्ग रुकुमपूर्व र पश्चिम खण्डमा वैकल्पिक सडक निर्माण गरेर सुचारु गरिएको छ ।

जिल्लाको सिस्ने गाउँपालिकाले शुक्रबार वैकल्पिक सडक खण्ड निर्माण गरेर मध्यपहाडी रुकुम खण्ड सुचारु गरेको हो । रुकुम पुर्वको सिस्ने गाउँपालिका वडा नम्बर ६ रानिकोटमा पहाड सहितको पहिरो खस्दा तत्काल मध्यपहाडी लोकमार्ग सञ्चालन गर्न समस्या देखिएपछि सिस्ने गाउँपालिका वडा नम्बर ७ को नाथिगाड खोलामा ह्युम पाइप राखेर वैकल्पिक सडक सञ्चालनमा ल्याएको सिस्ने गाउँपालिका अध्यक्ष कृष्ण रेग्मीले बताउनुभयो ।

अध्यक्ष रेग्मीका अनुसार यात्रुहरुको समस्यालाई मध्यनजर गर्दै सडक सञ्चालनमा ल्याएको छ । अव वैकल्पिक सडक प्रयोग गरेर नाथिगाड, धाउने हुँदै रुकुम पुर्वको रुकुमकोट तथा सिस्नेरी, राउखेत हुँदै रुकुम पश्चिम पुग्न सकिनेभएको छ ।

त्यस्तै जिल्ला बाहिरिने तथा भित्रिने सवारी साधन र यात्रुलाई समेत केही सहज भएको छ । साना गाडीहरुको लागिमात्रै वैकल्पिक सडक खण्ड आवतजावतका लागि सहज भएपनि ठुला सवारी साधनलाई भने सडक प्राप्त नभएको गाउँपालिकाले जनाएको छ ।

  • १२ श्रावण २०८१, शनिबार प्रकाशित
  • Nabintech