२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
कीर्तिपुर नगरपालिकाका मेयरको निधन
कीर्तिपुर नगरपालिकाका मेयरको निधन
  • न्युज डेस्क

११ साउन काठमाडौँ । कीर्तिपुर नगरपालिकाका मेयर राजकुमार नकर्मीको निधन भएको छ ।
मिर्गौलाको समस्याका कारण वीर अस्पतालमा उपचाररत मेयर नकर्मीको गएराति निधन भएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत माधव प्रसाद ढकालले जानकारी दिए ।

उनको पार्थिव शरीर बिहान ९ बजे कीर्तिपुर नगरपालिकामा ल्याएर श्रद्धाञ्जली अर्पण गरिने र आजै अन्त्येष्टि गर्ने ढकालले जानकारी दिए । मेयर नकर्मीको लामो समयदेखि मिर्गौलाको डायलिसिस हुँदै आएको थियो ।नकर्मी नेपाली काँग्रेसबाट कीर्तिपुरको मेयरमा निर्वाचित भएका थिए । नकर्मीका एक छोरा, एक छोरी र श्रीमती छन् ।

  • ११ श्रावण २०८१, शुक्रबार प्रकाशित
  • Nabintech