३१ भाद्र २०८१, सोमबार
३१ भाद्र २०८१, सोमबार
बलात्कारको आरोपमा जाजरकोटका रावत सहित २ जना सल्यानमा पक्राउ
बलात्कारको आरोपमा जाजरकोटका रावत सहित २ जना सल्यानमा पक्राउ
  • न्युज डेस्क

८ साउन सल्यान । बलात्कारको आरोपमा सल्यानमा २ जना पक्राउ परेका छन भने अन्य एक जना फरार रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ ।पक्राउ पर्नेमा सल्यानको वनगाड कुपिण्डे नगरपालिका १ देवस्थलका २१ वर्षीय बसन्त बुढा र जाजरकोट जिल्लाको जुनीचाँदी गाउँपालिका ८ घर भई हाल सल्यान देवस्थलमै बस्दै आएका २४ वर्षीय मानबहादुर रावत छन्।उनीहरूलाई प्रहरीले साउन २ गते सल्लीबजारबाट पक्राउ गरेको हो। फरार रहेका अर्का एक जना आरोपितको खोजी तीव्र रूपमा भइरहेको सल्यानका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक रेशमबहादुर खत्रीले बताउनु भयो ।तीन युवाले घरमा नाबालक छोरासँगै सुतिरहेकी एक २३ वर्षीया महिलाको बलात्कार गरेको आरोप छ। पीडित महिला सुतिरहेका बेला तीन जना युवाले असार ३१ गते राति १२ बजेतिर ढोकामा हानेर खोल्न लगाएका थिए। त्यसपछि जबरजस्ती कोठामा प्रवेश गरी महिलालाई लछारपछार गर्दै बार्दलीमा ल्याएका थिए।उनीहरूले आफूलाई घिसार्दै शौचालय नजिक पुर्‍याएर बलात्कार गरेको पीडित महिलाले जाहेरीमा उल्लेख गरेकी छन्।

  • ८ श्रावण २०८१, मंगलवार प्रकाशित
  • Nabintech