२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नमुना युवा नगर सभा अभ्यास
लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथामका लागि नमुना युवा नगर सभा अभ्यास
  • पश्चिम पत्र

जाजरकाेट । युवाहरूलाई लागु औषध दुर्व्यसन नियन्त्रण तथा रोकथाम सम्वन्धि कार्यक्रमलाई सहयोग पुर्याउन भेरी नगरपालिकाका ४० जना युवा युवतीहरूलाई नमुना युवा नगर सभा अभ्यास गराइएको छ ।

भेरी नगरपालिकाको सहयोगमा उक्त कार्यक्रम सञ्चालन गरिएको हो । पछिल्लो समय समाजमा युवाहरू लागु पदार्थ दुर्व्यसनमा फस्दै गएपछि भेरी नगरपालिकाले लागु औषध नियन्त्रण तथा रोकथाम अभियानको थालनी गरेको छ ।

प्राय सबै जिल्लाहरूमा लागू औषध र पदार्थको दुर्व्यसन बढ्दो क्रममा छ । लागू पदार्थको दुर्व्यसनीमा जाजरकोटका युवायुवती पनि फस्दै गएका छन् । जिल्लाका ग्रामीण भेग भन्दा जिल्ला सदरमुकाम र भेरी नगरपालिकाका बजार क्षेत्रका युवायुवतीहरू लागु पदार्थको दुर्व्यसनमा फसिरहेको पाइन्छ ।

यस्ता दुर्व्यसनमाबाट युवा जमातलाई बचाई राख्न वर्तमान अवस्थामा नकारात्मक असरहरूका बारेमा जनचेतना फैलाउने, दुर्व्यसनकर्तालाई कुलतबाट छुटाउन, बचाई राख्न तथा लतमा पर्न सक्ने सम्भावना भएका व्यक्तिहरूबाट बचाउनका लागि भेरी नगरपालिकाले चालु आर्थिक वर्षमा लागु पदार्थ दुर्व्यसनी विरुद्ध विशेष अभियान सञ्चालन गरिरहेको भेरी नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख अमृत बहादुर पुनले बताए ।

  • १९ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech