२ कार्तिक २०८१, शुक्रबार
२ कार्तिक २०८१, शुक्रबार
इन्दु बर्माको कप्तानीमा एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम घोषणा
इन्दु बर्माको कप्तानीमा एसिया कप खेल्ने नेपाली महिला क्रिकेट टिम घोषणा
  • पश्चिम पत्र

काठमाण्डाै । नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुलाईमा हुने एसीसी महिला एसिया कपका लागि नेपाली राष्ट्रिय टिम घोषणा गरेको छ । इन्दु बर्माको कप्तानीमा बुधबार १५ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको हो ।

नेपालले पहिलोपटक खेल्ने महिला एसिया कप जुलाई १९ देखि २८ सम्म श्रीलंकामा हुँदैछ । यसअघि नेपाली पुरुष टिमले पनि एसिया कप खेलेको थियो ।

नेपालले पहिलो खेल जुलाई १९ मा यूएई, जुलाई २१ मा पाकिस्तान र जुलाई २३ मा भारतसँग खेल्नेछ ।

नेपाली टोलीमा इन्दु बर्मा (कप्तान), रुबिना क्षेत्री, सीता रानामगर, बिन्दु रावल, कविता कुँवर, पुजा महतो, कविता जोशी, सम्झना खड्का, काजल श्रेष्ठ, सबनम राई, राजमती ऐरी, ममता चौधरी, कृतिका मरासिनी, रोमा थापा र डली भट्ट छन् ।

  • १४ असार २०८१, बिहीबार प्रकाशित
  • Nabintech