३ आश्विन २०८१, बिहीबार
३ आश्विन २०८१, बिहीबार
बिद्यार्थीलाई शैक्षिक तथा सरफाई सामाग्री सहयोग
बिद्यार्थीलाई शैक्षिक तथा सरफाई सामाग्री सहयोग
  • paschimpatra

जाजरकोट । जाजरकोट ग्यालरीको समन्वयमा बिद्यार्थीलाई शैक्षिक तथा सरसफाई सामाग्री बितरण गरिएको छ । ग्यालरीका अष्ट्रेलिया प्रतिनिधि लिलामनी आचार्यको आर्थिक सहयोगमा हिमज्योती प्राबि बारेकोट २ ध्यारगाउँका १ सय ३७ विद्यार्थीलाई सामाग्री बितरण गरिएको हो ।

दुर्गमका भूकम्प पीडित बालबालिकाको पठनपाठनमा सानो भएपनि सहयोग होस् भन्ने आफुहरुको उद्देश्य रहेको ग्यालरीका एडमिन सदस्य प्रिन्स चन्दले बताए । बालबालिकाहरुको सरसफाई तथा स्वच्छता ब्यवहार परिवर्तनका लागि समेत आगामी दिनमा थप सहयोग गर्ने चन्दको भनाई छ ।

जाजरकोट ग्यालरीले दुर्गम ठाउँको विद्यालय छनौट गरेकोमा ग्यालरी परिवारप्रति प्रधानाध्यापक गोबिन्द रोकायाले खुसी ब्यक्त गरे।
फेसबुकमा जाजरकोट ग्यालरी नामक ग्रुपले नेपाल र बिदेशमा रहेका सम्पुर्ण जाजरकोटीहरुलाई जोडेको छ । जाजरकोटका समाचार, सूचना तथा पर्यटकीय गन्तव्यका बारेमा प्रचार प्रसार गर्ने गरेको ग्रुपका संचालक सुरेन्द्र सुमनले बताए ।

कुनै दैबी प्रकोप तथा घटनाहरु स्वस्फुर्त रुपमा सदस्यहरुले अपडेट गर्ने गरेका छन् । हाल ५४ हजारभन्दा बढी सदस्य रहेको जाजरकोट ग्यालरीमा सामाजिक सरोकार, जिल्ला र आफ्ना स्थानीय तहका विभिन्न गतिबिधि, छलफल तथा बहस समेत हुने गरेका छन् ।

  • ५ असार २०८१, मंगलवार प्रकाशित
  • Nabintech